नियम २८
एक्लै वा संयुक्त रूपमा कर विवरण पेश गर्नु पर्ने
देहायको अवस्थामा देहायका व्यक्तिले एक्लै वा संयुक्त रूपमा कर विवरण पेश गर्नु पर्नेछः–
(क) कुनै करदाता कर विवरण पेश गर्न असक्षम भएमा वा निजको मृत्यु भएमा निजको हकवाला वा संरक्षकले,
(ख) करदाता कानूनी व्यक्ति भएमा त्यस्तो करदाताको तर्फबाट कुनै सञ्चालक, कार्यकारी प्रमुख वा व्यवस्थापनले तोकेको कुनै कर्मचारीले,
(ग) करदाता कानूनी व्यक्ति भएमा र त्यस्तो कानूनी व्यक्ति खारेज वा विघटन भएमा लिक्विडेटरले,
(घ) माथि उल्लेख भएको अवस्था बाहेक अन्य अवस्थामा कर अधिकृतले तोकेको करदातासँग सरोकार राख्ने व्यक्तिले ।